• अमेरिकामा सवारी दुर्घटनामा ९ बालबालिकासहित १० को मृत्यु

  • काठमाडाैं। अमेरिकाको अलाबामामा सवारी साधन दुर्घटना हुँदा ९ बालबालिकासहित १० जनाको मृत्यु भएको छ।

    समुद्री टोर्नाडो आएको बेला भएको सो दुर्घटनामा मृत्यु हुनेमा एक जना २९ वर्षीय बाबु र उनकी ९ महिने छोरी समेत छन्।

    अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन् । सो दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए। एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको भ्यान दुर्घटनामा परेको बताइएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस