• माओवादी केन्द्रको आकस्मिक बैठकले गर्‍यो पार्टी छाड्नेहरूलाई कारबाही

  • नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको आकस्मिक बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका र केही केन्द्रीय नेताहरूलाई कारबाही गरेको छ । एमाले–माओवादी एकतापछि माओवादी केन्द्र नफर्किएर एमालेमा प्रवेश गरेका उनीहरूलाई मा‌ओवादी केन्द्रले कारबाही गरेको हो ।

    स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरूले पार्टी छाडेका थिए । यसअघि पार्टी छोडेकाहरूलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाए पनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय लिएको थिएन ।

    बैठकले केन्द्रीय तहका नेताहरूका बारेमा पनि कारबाहीको प्रस्तावलाई अनुमोदन गरेको छ । भर्चुअल माध्यमबाट भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस