पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेना एक जना सिपाही गोली लागेर घाइते भएका छन् । वीरगञ्जको चण्डीप्रसाद गणका २२ वर्षीय श्यामबाबुप्रसाद चौहान घाइते भएका हुन् ।
पोखरिया नगरपालिका–५ सतवरिया घर भएका सिपाही चौहानको बायाँ चिउँडोको मुनिबाट गोली लागेर दाहिने आँखाको मुनिबाट निस्किएको छ । उनले एन–१६ राइफलले गोली प्रहार गरेका हुन् ।
‘राइफलले आफ्नो चिउँडो मुनिबाट हानेको देखिन्छ। गोली त्यहाँबाट लागेर आँखामुनिबाट निस्किएको छ,’ जिल्ला प्रहरी कार्यालयका एक अधिकृतको मनाइ उद्धृत् गर्दै सेतोपाटीले लेखेको छ, ‘जसकारण उहाँको ज्यान जोगियो । तर, गम्भीर घाइते हुनुहुन्छ।’
उनले आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै गोली प्रहार गरेका हुन् । उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनले आफ्नो राइफलमा गोली हालेर ड्युटीमा बसेका थिए ।
गोलीको आवाज सुनेलगत्तै ब्यारेकभित्र रहेका सैनिकहरू चौहानको पोष्टमा चढी हेर्दा गोली लागी घाइते भएका देखेपछि नारायणी अस्पतालमा पुर्याएका थिए । त्यहाँ प्रारम्भिक उपचारपछि नेसनल मेडिकल कलेज वीरगञ्जमा लगिएको छ ।
गोली किन हानेको भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । यता लापरबाहीले घटना घटेको हो वा आत्महत्या प्रयास हो भन्ने बारेमा पछि अनुसन्धान गरिने गणका गणपति कर्णेल मदनजंग राणाले बताएका छन्
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।