• नक्कली पास बनाइ गाडी चलाउने चार जनालाई प्रहरीले समात्यो

  • रूपन्देहीमा निषेधाज्ञा अवज्ञा गर्दै हिँड्न चार जनालाई प्रहरीले समातेको छ । नक्कली पास बनाएर हिँड्ने चार जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

    नक्कली पास बनाइ सवारी साधन चलाउने गुल्मी धुर्कोट नगरपालिका-७ स्थाई घर भई हाल बुटवल उपमहानगरपालिका -११ बस्ने २७ वर्षीय विनोद घिमिरे, बुटवल उपमहानगरपालिका-११ का ५३ वर्षीय रोलक बहादुर बुढाक्षेत्री र गुल्मी मुसिकोट नगरपालिका -७ का २७ वर्षीय विपिन काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिई जनही पचास हजार जरिमाना तिराएको छ ।

    यस्तै, बुटवल उपमहानगरपालिका -१२ का ३९ वर्षीय मनोज गैरेलाई नियन्त्रणमा लिई पाँच हजार जरिवाना लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी सत्य थापाले बताए ।

    नक्कली पास बनाइ बेच्ने र सहयोग गरी कोभिड–१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ विपरीतको काम गरेकाले उनीहरूलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय