• गर्मीयाम लागेसँगै सर्पको बिगबिगी बढ्यो

  • काठमाडौं । गर्मी मौसम बढेसँगै सर्पको बिगबिगी बढ्ने भएकाले यसबाट बच्न सजग हुनुपर्ने गृह मन्त्रालयले बताएको छ । गर्मी लाग्न बित्तिकै घर छेउका बोट बुट्यान तथा झाडी काट्न र घरमा भएका प्वाल तथा जाली–ढोका बन्द गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    खेतबारीमा जाँदा गमबुट लगाउन, राति हिँड्दा लाइट बालेर मात्रै हिँडेको अवस्थामा सर्पको डसाइबाट बच्न सकिन्छ ।

    सर्पले डसेको खण्डमा उसलाई आत्तिन दिन नहुने तथा खान र पिउन दिन नहुने तथा सुत्न पनि दिन नहुने मन्त्रालयले जनाएको छ । सर्पले डसको व्यक्तिले औंठी, चुरा वा बेल्ट लगाएको छ भने तुरुन्तै खोल्न आग्रह गरेको मन्त्रालयले जतिसक्दो चाँडो अस्पताल जानु पर्ने बताएको छ ।

    “झारफुक गर्ने तथा धामी, झांक्रीबाट मन्त्र पढेर विष झारेर सर्पले डसको व्यक्तिलाई निको हुन्छ भन्ने विश्वास गर्नु हुँदैन,” मन्त्रालयले एक भिडियो सार्वजनिक गर्दै भनेको छ, “घर वरिपरी सफा राख्नुपर्छ । सर्पले टोकीहाले अस्पताल गएर उपचार गर्नुपर्छ ।”

    तराईका जिल्लामा गर्मी सुरु भएपछि सिर्पले डसेर धेरैको मृत्यु हुँदै आएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस