• महन्थ ठाकुरले १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ दिनुपर्ने

  • काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्वाचन आयोगले पत्र पठाउने निर्णय गरेको छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको आज बसेको बैठकले १५ दिनभित्र दाबीको प्रतिलिपिसहित जवाफ पेस गर्न सूचना दिने निर्णय गरेको हो ।

    उपेन्द्र यादव पक्षबाट आधिकारिकता दाबी पेस गरिएको र त्यो दाबी पेस गरिएको सम्बन्धमा दाबीको प्रतिलिपिसहित लिखित जवाफ पेस गर्नका लागि अर्को पक्षलाई १५ दिनको सूचना दिइएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

    शुक्रबार उपेन्द्र यादव पक्षले बहुमत कार्यकारिणी समितिका सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको थियो । आयोगले राजनीतिक दलको दफा ५१ अनुसार कारबाहीको अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले दफा ४३ अनुसार निवेदन दिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस