काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
६ हजार ६७७ जनाको पीसीआर परीक्षणमा १ हजार ४२१ र ४ हजार २४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा संक्रमणदर २१.३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय