• निषेधाज्ञाबारे निर्णय लिन उपत्यकाका प्रजिअहरूको बैठक बस्दै

  • वैशाख १६ गतेदेखि पटकपटक थप थर्दै जारी निषेधाज्ञा भोलि सोमबार रातिदेखि सकिँदै छ । त्यसअघि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । दिउँसो बस्ने बैठकले आर्थिक गतिविधि चलायमान हुनेगरी सातदेखि १० दिनसम्म निषेधाज्ञाको अवधि थप गर्ने तयारी गरिएको छ ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अबको थप निषेधाज्ञामा बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत भीडभाड नहुँने थप व्यवसाय समय तोकेर चलाउन दिने तयारी गरिएको छ ।

    यसै गरी निजी सवारी साधनलाई जोरविजोर प्रणालीमा चलाउन दिने प्रशासनको तयारी छ । सार्वजनिक सवारी साधनका विषयमा पनि आज बस्ने बेठकमा छलफल गर्ने प्रजिअ निरौलाले बताउनुभयो ।

    उनका अनुसार कोरोना संक्रमणको जोखिम कम भएसंँगै विस्तारै सबै क्षेत्र खुला हुने छ । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय