• जसले मोटरसाइकलमा चढाएर भित्र्याए बेहुली

  • विश्वरभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको असर नेपाल नपर्ने कुरै भएन । सरकारले नयाँ भेरियन्टसहितको कोरोना फैलिएको भन्दै निषेधाज्ञाका आदेश जारी गरेपछि सर्वसाधारण घरभित्रै थुनिन बाध्य भएका छन् ।

    त्यस्तै सरकारले विवाह, ब्रतबन्धनलगायत धार्मिक संस्कारका कार्य गर्दा सीमित व्यक्ति उपस्थित भएर गर्ने आदेश जारी गरेको छ । सरकारको आदेश तोडे कोभिड-१९ व्यवस्थापनका लागि बनाइएको अध्यादेशअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

    जारी निषेधाज्ञाका बीच संखुवासभाका एक जोडीले फरक ढंगले विवाह गरेका कारण चर्चामा छन् । उनीहरूको विवाहको समाचार राष्ट्रिय समाचार समितिले समेत छापेको छ ।

    राससका अनुसार संखुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैँले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् ।

    धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेकी हुन् । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।

    कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय संखुवासभाले रोक लगाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय