• बाबुरामले भने – राजनीति दल र नेतृत्वको स्खलनले देश संकटमा फस्यो

  • पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको चौतर्फी संकटको प्रमुख कारण रहेको तर्क गरेका छन् ।
    
    आइतबार सामाजिक सञ्जालमार्फत समसामयिक राजनीतिबारे टिप्पण गर्दै भट्टराईले कांग्रेस, कम्युनिस्ट र समाजवादीलाई रूपान्तरण गर्ने आँट गर्नुपर्ने बताएका छन् ।
    उनले समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गरेका छन् भने पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने बताएका छन् ।
    
    ‘भनिन्छ- टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु!’ उनले लेखेका छन् ।
    
    उनले पार्टीहरू रूपान्तरण हुनुपर्ने बताए । ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है,’ उनले भनेका छन् ।