• जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदूरको मृत्यु

  • काठमाडौं । सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा आज बेलुकी साढे सात बजे आगलागी भएको छ । आगलागीमा परी दुई भारतीय मजदूरको मृत्यू भएको छ । उक्त आगजनीमा अन्य चार मजदूर घाइते भएका छन् ।

    मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् । घाइते चारजनामा नवराज चौलागाई, राजकुमार विक, इन्द्रप्रसाद अधिकारी र अवधेस कुसवाहा रहेका छन् । उनीहरुको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका विकलाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ ।

    उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा आगलागी भएको हो । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय