काठमाडौं। कोपा अमेरिका कप फुटबलमा चिली विजयी भएको छ । शनिबार बिहान भएको समूह ए को पहिलो खेलमा चिलीले बोलिभियालाई १–० ले हराएको छ ।
चिलीको जितमा १० औं मिनेटमा बेन ब्रेरिटनले गोल गरे । इंग्ल्याण्डमा जन्मिएका २२ वर्षे बेनकी आमा चिलीकी भएका कारण उनले त्यहाँको नागरिकता लिएर खेलेका हुन् ।
चिलीले अर्को खेल उरुग्वेसँग र अर्जेन्टिनाले पाराग्वेसँग खेल्नेछन् । समूह एमा समान ४–४ अंक जोडेका अर्जेन्टिना र चिली पहिलो र दोस्रो स्थानमा छन्।
प्रतियोगिताको पहिलो खेलमा चिली र अर्जेन्टिनाले १–१ गोलको बराबरी खेलेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय