• महाकाली उर्लिएपछि विभागले जारी गर्याे अलर्ट

  • काठमाडाैँ । महाकाली नदी पारिगाँउ जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षा अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

    आज (शनिबार) बिहान ६:३० बजे सूचना जारी गर्दै विभागले भनेको छ– ‘महाकाली नदी पारिगाँउ जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले महाकाली नदी तल्लो तटीय डुबान भइरहने होचा स्थानमा हुनेहरूले साँझसम्मै सतर्कता अपनाऔं।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय