युरोकप २०२० अन्तरगत शुक्रबार राती तिन खेल भए । जसमा स्विडेनले स्लोभाकिया हराउँदै ३ अंक जोड्यो भने क्रोएसियविरुद्ध चेक रिपब्लिक र इङल्याण्डविरुद्ध स्कटल्याण्ड बराबरी बने ।
स्विडेन र स्लोभाकियाविरुद्ध भएको खेलको पहिलो हाफ गोलविहिन बनेको थियो । दोस्रो हाफको ७७ औं मिनेटमा स्विडेनले पेनाल्टीको अवसर पायो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै स्विडेनले खेलमा अग्रता बनायो । स्विडेनका इमिल फोर्सवेर्गले पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेका थिए ।
समूह ‘इ’ अन्तरगतको स्विडेन यसअघिको खेलमा स्पेनसँग बराबरीमा रोकिएको थियो । उक्त खेलबाट १ अंक पाएको स्विडेनले दोस्रो खेलमा स्लोभाकियालाई हराएसँगै ३ अंक जोडेको छ । अहिले स्विडेन ४ अंकसहित शिर्ष स्थानमा छ ।
यसअघि पोल्याण्डलाई हराएको स्लोभाकियाले भने ३ अंकसहित दोस्रो स्थानमा छ ।
बराबरी क्रोएसिया र चेक रिपब्लिक
क्रोएसियाविरुद्ध मैदान उत्रिएको चेक रिपब्लिक १-१ गोलको बराबरीमा रोकिएको छ । खेलको ३७ औं मिनेटमा क्रोएसियाका खेलाडीले डिबक्स भित्र हेन्ड गरेका कारण चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । सोही अवसरलाई पेट्रिक स्चिकले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ४७ औं मिनेटमा नै क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
पहिलो खेलमा स्कटल्याण्डलाई हराएको चेक रिपब्लिकले दुई खेलबाट जम्मा ४ अंक पाएको छ । समूह ‘डी’ अन्तरगत चेक रिपब्लिक शिर्ष स्थानमा रहेको छ भने इङल्याण्डसँग हारेको क्रोएसिया सूमहको तेस्रो स्थानमा छ ।
गोलविहिन बराबरी इङल्याण्ड र स्कटल्याण्ड
इङल्याण्ड र स्कटल्याण्डबीचको खेलमा कुनै गोल हुन सकेन । खेल बराबरीमा सकिएपछि दुबै टिमले १-१ अंक बाडेका छन् ।
स्कटल्याण्डसँग बराबरी खेलेको इङल्याण्डले जम्मा ४ अंक बनाएको छ । यसअघि क्रोएसियलाई हराउँदै ३ अंक पाएको थियो । समूह ‘डी’ अन्तर्गत रहेको इङल्याण्डले दोस्रो स्थानमा आफूलाई राखेको छ ।
यसअघि चेक रिपब्लिकसँग २-० ले हारेको स्कटल्याण्डले भने जम्मा १ अंक पाएको छ । दुबै खेल जित्न नसक्दा १ अंकसहित स्कटल्याण्ड समूहको अन्तिम स्थानमा छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।