• थप २,७६८ जनामा कोरोना पुष्टि, ४,०२० जना निको भए

  • काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा २७ सय ६८ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    योसँगै नेपालमा अहिलेसम्म पीसीआरमार्फत ६ लाख १७ हजार ९४७ र एन्टिजेन विधिमार्फत २४ हजार ८६१ जनामा कोरोना संक्रमण देखिए छ । आज देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ ।

    आज ४ हजार २० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ५ लाख ४९ हजार ५८२ पुगेको छ ।

    आज थप ४४ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजा ६४१ पुगेको छ ।

    नेपालमा ९.६५ प्रतिशत सक्रिय संक्रमित रहँदा ८८.९५ प्रतिशत निको भएका छन् भने १.४० प्रतिशतले ज्यान गुमाएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय