• राहत लिएर मेलम्ची पुगेका कुमार भन्छन् – क्षतविक्षत भएका कारुणिक दृश्यले मन रोयो

  • चर्चित कलाकार कुमार कट्टेलले सिन्धुपाल्चोकको मेलम्ची पुग्दा आफ्नो मन रोएको बताएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रमा राहत लिएर पुगेका उनले त्यहाँ क्षतविक्षत भएका कारुणिक दृश्यहरूले मन रोएको बताएका हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाढीपहिरो प्रभावित सिन्धुपाल्चोकको मेलम्ची आसपास पुगियो, त्यहाँ क्षतविक्षत भएका कारुणिक दृश्यहरूले मन रोयो ।’

    तत्काल पीडितहरूलाई खाना खुवाउने अभियान सञ्चालन गरेको
    १०० ग्रुप्स र हाम्रो टिम नेपाललाई ३० बोरा चामल, एक बोरा दाल, ५० किलो नुन लगायतका सामग्री सहयोग गरेका उनले जानकारी दिए । त्यस्तै, उनले ३० बोरा चामल, ३४ वटा ब्लांकेटलगायत अन्य खाद्य पदार्थ बाढिपहिरोपीडितका लागि सहयोग गरेका छन् ।

    हेलम्बु गाउँपालिकाअन्तर्गत अतिप्रभावित ठाउँहरूमा पनि राहत र अस्थायी बसोबासको व्यवस्थाका लागि समन्वय गरिरहेको उनको भनाइ छ । ‘हामीमार्फत सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरूमा सम्मान र नमन विपतमा सबै जुटौँ, सहयोगको अपिल’ उनले भनेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस