• पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनल प्रवेश

  • एजेन्सी । कोपा अमेरिकामा समूह बी बाट लगातार दोस्रो जित हासिल गर्ने क्रममा साविक विजेता ब्राजिलले पेरुमाथि ४–० गोलको प्रभावशाली विजय हासिल गरेको छ । दुई जितसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    अघिल्लो संस्करणमा फाइनलिस्ट टोलीबीचको प्रतिस्पर्धामा घरेलु टोली ब्राजिलले एकपक्षीय खेल प्रदर्शन गरेको थियो । खेलको १२ औं मिनेटमै गाव्रियल जेससको पासमा एलेक्स सान्द्रोले ब्राजिललाई अग्रता दिलाएका थिए ।

    बाँकी तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६८ औं मिनेटमा नेइमारले बक्स बाहिरबाट आकर्षक गोल गरी अग्रता दोब्बर पारेका थिए । उनलाई फ्रेडले बल उपलब्ध गराएका थिए ।

    ८९ औं मिनेटमा एभर्टन रिबेरोले गोल गरी ३–० को अग्रता दिलाउँदा अप्रत्यक्ष रुपमा नेइमारको संग्लग्नता रह्यो । नेइमारले निकालिदिएको चलाखीपूर्ण पासमार्फत रिचर्डलिसनले गोल असिस्ट गरेका थिए ।

    त्यसको तीन मिनेटपछि उनै रिचर्डलिसनले गोल गरी ४–० को जित निश्चित गरे । यसअघि उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–० को विजय पाएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय