युरोकप २०२० अन्तर्गत बिहिबार भएको खेलमा युक्रेनले नर्थ मेसेडोनियाविरुद्ध २-१ को जित हासिल गरेको छ । खेलको २९ औं मिनेटमा एन्ड्रिय एर्मोलेन्कोले पहिलो गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । रोमन एरेम्चुकले ३४ औं मिनेटमा दोस्रो गोल गर्दै युक्रेनको अग्रतालाई दोब्बर बनाए ।
दोस्रो हाफको ५७ औं मिनेटमा नर्स मेसेडोनियाले पेनाल्टीको अवसर पायो । सोही पेनाल्टीको सदुपयोग गर्दै एग्जन अलिओस्कीले नर्थ मेसेडोनियाका पहिलो गोल गरेका थिए ।
समूह चरणको पहिलो खेलमा युक्रेन नेदरल्याण्डसँग ३-२ को अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा जित नकालेसँगै युक्रेनले ३ अंक पाएको छ ।
समूह ‘सि’ अन्तरगत रहेको युक्रेन तेस्रो स्थानमा छ । यसअघि अस्ट्रियासँग हारेको नर्थ मेसेडोनिया भने ० अंकसहित समूहको अन्तिम स्थानमा छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।