• काठमाडौं महानगरका प्रत्येक वडामा नमुना उपभोक्ता पसल संचालन गरिने

  • काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रत्येक वडामा नमुना उपभोक्ता पसल सञ्चालन गर्ने भएको छ। महानगरले प्रत्येक वडामा कम्तिमा एक नमुना उपभोक्ता सहकारी संस्था स्थापना गर्ने जनाएको हो।

    महानगरले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नमूना उपभोक्ता सहकारी पसल स्थापना गर्ने र उपभोक्ता सहकारीमार्फत सुपथ पसल सञ्चालन गर्ने भएको हो ।

    सहकारी बजारमार्फत उपभोक्तालाई सुलभ खाद्यवस्तु प्रदान गर्ने महानगरले नीति लिएको छ। महानगरपालिका क्षेत्रभित्रका उपयुक्त स्थानमा निश्चित समय तोकेर तरकारी तथा फलफूल बजार स्थापना गरिनेछ।

    तरकारी खरिद बिक्रीमा एकै स्थानमा हुने भिडभाडलाई कम गर्न सडक डिभिजन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखासँग समन्वय गरेर स्थान छनोट गर्ने महानगरले जनाएको छ ।

    महानगरवासीलाई सर्वसुलभ रुपमा तरकारी तथा फलफुलको आपूर्ति गर्ने व्यवस्था मिलाउन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र शीत भण्डारसहितको आधुनिक तरकारी बजारको स्थापना गरिनेछ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय