• मैलुङ–स्याफ्रुबेँसी सडक वर्षायामभर सञ्चालन नहुने

  • चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेँसी सडक वर्षायामभर सञ्चालन नहुने भएको छ ।

    सडकको ट्रयाक खोली स्तरउन्नोतिसँगैे निर्माणको क्रममा रहेको उक्त सडकको जोखियुक्त स्थानहरूमा निमार्णको काम वर्षा यामभर नगरिनुका साथै यातायातसमेत सञ्चालन नगरिने भएको हो ।

    मैलुङदेखि स्याफ्रुबेँसीसम्मका विभिन्न स्थानमा वर्षाका कारण पहिरो जाने तथा ठूला ढुंगा खस्ने र जोखिम बढी हुने भएकाले सो सडकमा अबको तीन महिना यातायात सञ्चालनमा नल्याउने जानकारी गल्छी–त्रिशूली मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले दिए ।

    स्याफ्रु बाट धुन्चे, कालिकास्थान हुँदै वेत्रावती पुग्ने सडकभन्दा स्याफ्रुबाट मैलुङ हुँदै वेत्रावती निस्कन छोटो दूरी हुँदा पेट्रोलियम पदार्थको खपत कम हुने र छिट्टै गन्तव्यमा पुगिने हुँदा चीनबाट ल्याइएका समग्रीको ढुवानी गर्ने कन्टेनर चालकहरू यो सडक प्रयोग गर्दै आएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय