• गाेकुल बाँस्काेटाकाे प्रश्न: के राेटी बेल्न खाेजेकाे ?

  • काठमाडाैँ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले वरिष्ठ नेता झलनाथ खनाललाई शान्तिपूर्ण उपचार हुन दिनुपर्ने बताएका छन् । उनले अहिले नेता खनाललाई रोगमाथि विजय प्राप्त गर्न हौसला दिने हो भन्ने प्रतिक्रिया दिएका छन् ।

    नेता खनाल उपचारको लागि आज भारतको नयाँ दिल्ली प्रस्थान् गरेका छन् । दिल्ली उड्नुअघि खनालले पार्टी एकताको लागि गम्भीर हुन नेताहरुलाई अपिल गरेका थिए । तर, माधव नेपाल पक्षधर नेताहरुले भने खनालको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका थिए । त्यसलाई आधार मानेर नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेको बुझ्न सकिन्छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस