युरोकप २०२० मा बुधबार राती भएको खेलमा वेल्सले टर्कीविरुद्ध जीत हासिल गरेको छ । वेल्सले टर्कीलाई २-० अन्तरले हराएको हो ।
आरोन राम्सेले खेलको ४२ औं मिनेटमा पहिलो गोल गर्दै वेल्सका लागि अग्रता बनाएका थिए । पहिलो हाफमा अरु कुनै गोल हुन सकेन ।
दोस्रो हाफको ५९ औं मिनेटमा ग्यारेथ वेलमाथि टर्कीका खेलाडीले फल गरेका कारण वेल्सले पेनाल्टीको अवसर पाएको थियो । तर, वेलले पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
वेलकै असिस्टमा कोन्नोर रोबेर्ट्सले ९५ औं मिनेटमा वेल्सका लागि दोस्रो गोल गर्दै खेललाई २-० को नतिजाम ल्याए ।
समूह चरणको पहिलो खेल स्विट्जरल्याण्डसँ बराबरी खेलेको वेल्सले जम्मा ४ अंक बनाएको छ । योसँगै वेल्स समूह चरणको शिर्ष स्थानमा छ । दुबै खेल हारेको टर्की भने समूहको अन्त्यमा छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।