• युरोकपमा रुसको पहिलो जित, फिनल्याण्ड १–० ले पराजित

  • काठमाडौं। युरोकपम फुटबलमा रुसले पहिलो जित हात पारेको छ । बुधबार साँझ भएको खेलमा रुसले फिनल्याण्डलाई १–० ले हराएको हो ।

    रुसको जितमा एलेक्सी मिरानचुकले खेलको पहिलो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै रुसले समूहमा २ खेलबाट ३ अंक जोडेको छ ।

    समान खेलबाट समान अंक जोडेको फिनल्याण्ड तेस्रो स्थानमा छ । पहिलो खेलमा रुस बेल्जियमसँग ३–० ले पराजित भएको थियो । फिनल्याण्डले पहिलो खेलमा डेनमार्कलाई १–० ले हराएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय