• कर तिर्न असार २५ गतेसम्म सरकारले दियो म्याद

  • काठमाडौं । सरकारले करदाताहरुलाई कर बुझाउन असार २५ गतेसम्मको समय दिएको छ ।

    आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गरेर कर विवरण तथा कर दाखिला गर्न असार २५ गतेसम्म म्याद दिएको हो।

    २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

    यसैगरी २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्ने विभागको सूचनामा उल्लेख छ।

    २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि असार २५ सम्म तोकिएको छ ।

    २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असारसम्म दिइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय