• तरुण दलका कार्यकर्तालाई उद्धार र राहतमा जुट्न अध्यक्ष बस्नेतको निर्देशन

  • नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरूलाई उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएको छ ।

    तरुण दल अध्यक्ष जीतजंग बस्नेतले सबै जिल्ला समितिहरूलाई परिपत्र गर्दै सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी बाढी पहिरोबाट विपदमा परेकाहरूको उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएका हुन् ।

    ‘आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद् जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ,’ परिपत्रमा उल्लेख गरिएको छ ।

    उनले विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रसलगायतका सामाजिक संघ संस्थाहरू एवं मातृपार्टी र अन्य भ्रातृसंगठनसँग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन दिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय