• एमालेभित्रै केपी शर्मा ओलीकाे राजीनामा किन मागियाे ?

  • काठमाडौं । एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षीय युवा संघ नेपालको बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा माग गरेको छ ।

    संघले प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीसमक्ष ओलीको राजीनामासहित पाँच बुँदे माग गरेका छन् ।

    एक पदलाई कायम गर्ने गरी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पदबाट राजीनामा दिन संघको माग छ । एक पद त्यागेर पार्टीको एकता पक्षमा उभिन र कार्यकर्ताहरूमा पार्टी एकताको सन्देश प्रवाह गर्न पनि माग गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय