काठमाडौं। मनाङका दुई खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । चामे बजारमा बाढीले धेरै पसल पनि बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
सो स्थानका स्थानीयलाई अन्यत्र नै सारिएका कारण मानवीय क्षति भने हुन पाएन। बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुबानमा परेको छ ।
लगातारको वर्षाबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज बगाएको छ ।
यस्तै सो खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय