• नारायणी नदीमा पानीको सतह ७.८ माथि खतरा बढ्यो

  • चितवन । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतहले अबेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीमा पानीको ७.८ मिटर माथी पुगेको छ । यो खतराको संकेत भएको विभागले जनाएको छ ।

    भरतपुर महानगरपालिकाको वडा नम्बर २६, २७ र २८ मा नारायणी नदीले बढी क्षति गर्ने गरेको छ । नदीमा पानीको बहाव बढ्दै जाँदा सम्भावित जोखिमबाट जोगिन जिल्ला प्रशासन कार्यालय चितवनले यसअघि नै सूचना जारी गरेर सतर्कता अपनाउन आग्रह गरेको छ ।

    पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने जनाइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय