• सातवटै प्रदेश सरकारको बजेट आज, कुन प्रदेशमा कति बजे ?

  • आज सातै प्रदेश सरकारहरूले आ-आफ्ना प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै छन् ।

    कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वााधार विकास र आर्थिक पुनरुत्थानका कार्यक्रम बजेटको मुख्य प्राथमिकता रहेको प्रदेशहरूको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    यसबाहेक प्रदेशहरूको भूगोल तथा आ-आफ्नै विशेषता अनुरूपका मौलिक कार्यक्रमका लागि समेत बजेट विनियोजन गर्ने बताइएको छ ।

    सातवटै प्रदेशका अर्थमन्त्रीले वार्षिक आय-व्यय प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष असार १ गते सबै प्रदेशमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

    बजेट पास नहुने आशंकामा कतिपय प्रदेशले अध्यादेशको बाटो रोज्न सक्ने आशंक गरिए पनि सबै प्रदेशले अन्तरसरकारी वित्त व्यवस्था ऐनअनुसार आगामी वर्षको बजेट प्रदेश सभामै पेस गर्ने भएका हुन् ।

    सबै प्रदेशले बजेट प्रस्तुत गर्नको लागि प्रदेशसभा बोलाएका छन ।

    कुन प्रदेशमा कति बजे ?

    प्रदेश १ : ३ बजे

    प्रदेश २ : ३ बजे

    बागमती : ३ बजे

    गण्डकी : ४ बजे

    कर्णाली : १ बजेपछि नीति तथा कार्यक्रम पारित भएपश्‍चात

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस