नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई शुभकामना सन्देश पठाउँदै संवेदनशील समय भएकाले सही निर्णय गर्न सुझाव दिएका छन् ।
‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यु ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ,’ शर्माले ट्विटरमार्फत भनेका छन्, ‘फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सही निर्णय गर्नोस्, समय संवेदनशील छ !’
कृष्णचन्द्र मुख्यमन्त्री भएपछि बसेको पहिलो क्याबिनेटले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको भन्दै आलोचना भएपछि कांग्रेस प्रवक्ता शर्माको यस्तो सुझाव आएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यु ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय शंवेदनसिल छ ! बधाई र शुभकामना सहित संक्षिप्त सुझाव पत्र ! pic.twitter.com/l7KA5fh5aG
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 15, 2021
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई forwardkhabar@gmail.com मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।