युरोकप २०२० को समूह ‘इ’ अन्तरगत सोमबार राती भएको खेलमा स्लोभाकियाले पोल्याण्डबिरुद्ध हार बोहोरेको छ । खेलको १८ औं मिनेटमा पोल्याण्डका किप्परले आत्माघाती गोल गरेपछि स्लोभाकियाले अग्रता बनाएको थियो ।
स्लोभाकियाका पियोट्र जिलिन्सकीले प्रहार गरेको गोल पोलमा लागेर फिर्ता भएको थियो । सोही बल पोल्याण्डका गोल किप्पर वेज्चुच स्टाज्नीको टाउकोमा लागेर गोल हुन पुगेको थियो । खेलको दोस्रो हाफको ४६ औं मिनेटमा नै पोल्याण्डका करोल लिनेटीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
पोल्याण्डका लागि अर्को दुर्भाग्य तब भयो जब खेलाडी गोज्योगोर्स क्रेकोवियाकले रेडकार्ड पाए । खेलमा उनले दुई पटक फल गरेपछि रेफ्रीले रेडकार्ड दिएका थिए । खेलको ६२ औं मिनेटमा क्रेकोवियाक रोडकार्ड पाएर बाहिरिएपछि पोल्याल्याण्ड १० खेलाडीमा सिमित हुन पुगेको थियो ।
१० खेलाडी हुँदाको फाइदा लिँदै स्लोभाकियाले ६९ औं मिनेटमा थप गोल गर्न सफल रह्यो । स्लोभाकियाका लागि मिलन स्क्रिनियरले जीतको निर्णायक गोल गरेका थिए । खेल जित्दै स्लोभाकियाले ३ अंक जोडेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।