

युरोकप २०२० अन्तरगत सोमबार भएको खेलमा चेक रिपब्लिकसँग स्कटल्याण्डले हार बेहोरेको छ । चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० को अन्तरले हराएको हो ।
चेक रिपब्लिकका लागि पट्रिक सिकले दुई गोल गरेका थिए । उनले पहिलो हाफको ४२ औं मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल ५२ औं मिनेटमा गरेका थिए ।
खेलमा स्कटल्याण्डले राम्रो प्रदशर्न गरेको थियो । गोलको धेरै मौका पाए पनि पोष्टको जाली चुम्नबाट स्कटल्याण्ड चुक्यो ।
खेलमा विजय हासिल गरेसँगै चेक रिपब्लिकले ३ अंक पाएको छ । चेक रिपब्लिकले समूह ‘सि’को शिर्ष स्थानमा आफूलाई स्थापित गर्न सफल देखिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय