• थप २ हजार ९१८ संक्रमित थपिए, ५३ जनाको मृत्यु

  • काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९१८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ९ हजार ४३८ जनाको पीसीआर र ५ हजार ३८१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण थप ५३ जनाको मृत्यु भएको छ ।

    यस्तै पछिल्लो २४ घन्टामा ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना निको हुने दर ८७.८ प्रतिशत छ भने मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

    मन्त्रालयका अनुसार सोमवार पुष्टि भएका संक्रमितहरूमध्ये काठमाडौंमा सर्वाधिक ३९६ जना छन्। हाल ४३ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा धेरै रहेको छ । हालसम्म नेपालमा कोनोनाबाट ८ हजार ४६५ जनाको मृत्यु भएको छ।

    हाल आईसीयूमा ९९५ जना र भेन्टिलेटरमा ३२४ जना उपचाररत रहेका छन् । सक्रिय संक्रमितमध्ये ४ हजार ६८२ बिरामी संस्थागत आइसोलेशनमा रहेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस