पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।
अहिले उनको स्वास्थ्य स्थिति सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटलमै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।
खनालको सचिवालयका अनुसार केही दिनदेखि उनलाई ज्वरो आएको थियो । खनाललाई यसअघि कोरोना संक्रमण भएकामा कोरोनामुक्त भइ उनी घर फर्किएका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय