युरोकप २०२० मा अस्ट्रियाले विजयी सुरुवात गरेको छ । समूह ‘सी’ अन्तर्गत आइतबार राती भएको खेलमा अस्ट्रियाले नर्थ मेसेडोनियालाई ३-१ को अन्तरले हराएको हो ।
खेलको १८ औं मिनेटमा नै स्टेफन लाइनरले गोल गर्दै अस्ट्रियालाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा नर्थ मेसेडोनियाका गोरन पाण्देवले गोल गरेर खेललाई बराबरीमा ल्याए ।
तर, दोस्रो हाफमा अस्ट्रियाले थप दुई गोल गर्न सफल रह्यो । ७८ औं मिनेटमा मिचाइल ग्रेगोरिच र ८९ औं मिनेटमा मार्को आर्नायुटोवीथले अस्ट्रियाकालागि एक-एक गोल गरे ।
खेलमा जीत हासिल गरेसँगै नर्थ मेसेडोनियाले तीन अंक हासिल गरेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय