• मैदानमै ढलेका एरिक्सनलाई हृदयघात : चिकित्सक

  • एजेन्सी। डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सनलाई फिनल्याण्डविरुद्धको खेलमा हृदयघात भएको डेनिस टोलीका चिकित्सकले बताएका छन् ।

    शनिबारराति भएको खेलमा पहिलो हाफको अन्त्यतिर एरिक्सन अचानक मैदानमा नै ढल्न पुगेपछि आपतकालीन उपचार गरेर अस्पताल लगिएको थियो ।

    उनको होस खुलेको र स्वास्थ्य अवस्था स्थिर रहेको डेनिस टोलीका चिकित्सक मोर्टेन बोएसेनले बताएका छन् ।

    इटालियन क्लब इन्टर मिलानबाट व्यवसायिक फुटबल खेल्ने एरिक्सनले इन्टर मिलान र आफ्नो देशको राष्ट्रिय टिमलाई समेत सन्देश पठाएका छन् ।

    डेनिस टिमका पदाधिकारीले एरिक्सन थप स्वास्थ्य परीक्षणका लागि अस्पतालमा नै रहेको जानकारी दिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय