• असार १ देखि भदौ मसान्तसम्‍म सडक खन्न नपाइने

  • असार १ देखि भदौ मसान्तसम्‍म सडक खन्न नपाइने भएको छ । वर्षे कामको कारण गुणस्तर खस्किएको अवस्थामा यस्तो व्यवस्था गरिएको हो ।

    संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गर्दै कुनै बाहानामा तोकिएको यो समयमा सडक खन्न नपाउने जनाएको छ ।

    २ महिनाको अवधिमा मातहतको सडक धारा,ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्न नपाइने उल्लेख गरिएको छ ।

    कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने कार्यालयले जनाएको छ ।

    संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं अन्तर्गत उपत्यकासहित विभिन्न जिल्लाका सडकहरु पर्दछन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय