• भोलिदेखि काठमाडौं महानगरका यी स्थानमा लगाइँदै छ भेरोसेल खोप

  • काठमाडौं महानगरपालिकाले साेमबारदेखि फेरि कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम सुरु गर्ने भएको छ । महानगरपालिकाले केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित भएको कार्यक्रम भोलिदेखि दुई दिन सञ्चालन गर्न लागेको हो ।

    भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६० र ६१ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप सुरु गर्न जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंले परिपत्र गरेको थियो । सोहीअनुसार भोलिदेखि फेरि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय