• उपत्यकाका प्रजिअको आज बैठक बस्दै, के होला निषेधाज्ञा ?

  • काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका बारेमा प्रमुख जिल्लाहरूले आज छलफल गर्दै छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकामा कोरोना भाइरसको संक्रमणको अवस्थालाई विश्वलण गर्दै थप एक साता निषेधाज्ञा थप गर्ने तयारीका बारेमा छलफल गर्न लागेका हुन् ।

    कोरोना संक्रमणदरमा केही कम आए पनि जोखिम अझै कायमै रहेकाले निषेधाज्ञा एक साता थप गर्ने निष्कर्षमा तीनै जिल्लाका प्रजिअहरू पुगेका छन् । स्वास्थ्य मन्त्रालयले दैनिक रूपमा जारी गर्नै कोभिड १९ सम्बन्धी बुलेटिनमा उपत्यकामा पछिल्ला दिनमा संक्रमितको संख्या घट्दै गएको देखिन्छ ।

    निषेधाज्ञाबारे निर्णय गर्न तीनै जिल्ला प्रमुखको बैठक आइतबार दिउँसो साढे तीन बजे बस्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । निषेधाज्ञा केही खुकुल्लो बनाउनेबारेमा पनि छलफल भइरहेको उनको भनाइ छ ।

    ‘निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी छ,’ उनले भने, ‘के–के खुकुलो बनाउन सकिन्छ भनेर बैठकमा छलफल हुन्छ । खुकुलो बनाउने सम्भावना भने कम छ ।’

    उपत्यकामा प्रशासनले कोरोना भाइरसको चेन ब्रेक गर्न भन्दै १६ वैशाखदेखि उपत्यकामा लगाइएको थियो । पछिल्लो पटक १० दिन निषेधाज्ञा थपिएको थियो । निषेधाज्ञा भोलि सकिँदैछ । यस अवधिमा किराना पसल, तरकारी तथा फलफूल डिपार्टमेन्ट स्टोरलाई निश्चित समय तोकेर खोल्न अनुमति दिइएको छ ।

    काठमाडौं उपत्यकामा शनिबार ५९८ संक्रमित थपिएका थिए । काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । शनिबारसम्म काठमाडौं उपत्यकामा सक्रियको संख्या १५ हजार ६८३ रहेको छ । काठमाडौंमा ९ हजार २२९ ललितपुरमा ३ हजार ७४४ र भक्तपुरमा २ हजार ७१० सक्रिय संक्रमित रहेका छन् ।

    यसअघि जारी निषेधाज्ञाको आदेश यस्तो थियो

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय