• कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबारलाई डाकियो

    कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक ३ असार बिहीबार बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी ३ असार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

    बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए ।

    कांग्रेसले बैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।
    कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुने भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले सो मितिमा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय लिएको थियो ।

    यस्तो छ कार्यतालिकाको अन्तिम मिति

    २० असार : क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची केन्द्रीय समितिमा बुझाउने
    २४ असार भित्र : क्रियाशील सदस्यताको अन्तिम सूची
    ६ साउन : गाउँ/नगर वडा अधिवेशन
    ११ साउन : स्थानीय तहको अधिवेसन अधिवेशन
    १६ साउन : प्रदेशसभा क्षेत्रीय अधिवेशन एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला
    २० साउन : प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला
    २४ साउन : प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला
    १ र २ भदौ : प्रदेश अधिवेसन
    भदौ १६ देखि १९ : केन्द्रीय अधिवेसन

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय