• युरोकप २०२० : खेलाडी घाइते भएपछि रोकियो फिनल्याण्ड र डेनमार्कबीचको खेल

  • युरोकप २०२० को समूह ‘बि’ अन्तर्गतको पहिलो खेल डेनमार्क र फिनल्याण्डले खेल्दैथिए । तर, खेलको पहिलो हाफ नसकिँदै खेल रोकिएको छ । डेनमार्कका खेलाडी क्रिस्टन एरिक्सन मैदानमा अनियन्त्रित भएर लडेपछि खेल ‘सस्पेन्ड’ गरिएको हो ।

    एरिक्सनको स्वस्थ्य स्तिथि निकै खराब बन्न पुगेको छ । उनी घाइते भएपछि पूर्ण खेल मैदान तथा उपस्थित दर्शक स्तब्ध बनेका थिए । डेनमार्क तथा फिनल्याण्डका खेलाडीको आँखामा आशु देखिएको थियो ।

    मैदानबाट उनलाई मेडिकल टिमले छेकेर मैदानबाट बाहिर निकालेका छन् । उनलाई उपचारको लागि अस्पताल लगिएको छ । खेलको पहिलो हाफ सकिन लाग्दा पनि कुनै टिमले गोल गर्न सकेका थिएनन् ।

    समूह ‘बि’ अन्तरगतको दोस्रो खेल बेल्जियम र रसियाबीच राती १२:४५ मा सुरु हुँदैछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय