काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुने भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले सो मितिमा काठमाडौंमा महाधिवेसन गर्ने निर्णय लिएको हो ।
यस्तो छ कार्यतालिकाको अन्तिम मिति
२० असार : क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची केन्द्रीय समितिमा बुझाउने
२४ असार भित्र : क्रियाशील सदस्यताको अन्तिम सूची
६ साउन : गाउँ/नगर वडा अधिवेशन
११ साउन : स्थानीय तहको अधिवेसन अधिवेशन
१६ साउन : प्रदेशसभा क्षेत्रीय अधिवेशन एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला
२० साउन : प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला
२४ साउन : प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला
१ र २ भदौ : प्रदेश अधिवेसन
भदौ १६ देखि १९ : केन्द्रीय अधिवेसन
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।