गण्डकी । केन्द्रदेखि प्रदेशसम्म जनाधार स्पष्ट प्रतिपक्षको पाएर पनि नेकपा एमाले र कम्युनिष्ट पार्टीहरूमा देखिएको खिचातानीको कारण प्रतिपक्षको भूमिका माथी उठ्न थालेको छ नेपाली कांग्रेस । प्रदेश २ र कर्णालीमा सरकारमा सहभागी भए छ भने गण्डकी प्रदेशमा शनिबारबाट सरकारको नेतृत्व गरेको छ ।
केन्द्रमा पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बहुमत सदस्यको सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरेका छन् । यद्यपि त्यसपछि प्रतिनिधिसभा विघटन भइ यो विषय अदालतमा रहेको छ । देउवा अदालतको आदेशको पर्खाइमा छन् ।
गण्डकीमा कृष्णचन्द्र नेपालीले सरकारको नेतृत्व लिइसेका छन् ।
कृष्णचन्द्र नेपालीका चुनौती अवसर
हाल कायम रहेको गण्डकी प्रदेशसभामा ५९ संख्यामध्ये कांग्रेसको सदस्यहरू जम्मा १४ जना रहेका थिए । बहुमत प्राप्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ बहुमत हुन नसकेपछि ठुलो दलको नेताको हिसावले पनि परीक्षण भइ विश्वासको मत लिन फेल भएपछि अन्तत बहुमत प्राप्त गरेका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री भएका हुन् ।
पछिल्लो ४ सरकारले गरेका कामकारबाही आलोचना गर्दै आएको अवस्थामा कस्तो काम गर्नु पर्ने हो चुनौती कांग्रेसका तर्फबाट मुख्यमन्त्री भएका नेपालीलाई थपिएको छ । केन्द्र र प्रदेशमा पनि राष्ट्रपति तथा प्रदेश प्रमुखको अस्वभाविक हस्तक्षेप बढेको आरोप कांग्रेस नेताहरूले लगाइरहदा गण्डकी प्रदेशमा पनि यो समस्या पर्न सक्ने र सहज काम गर्न गाह्रो हुने कतिपय नेताहरूको अनुमान रहेको छ । यसका बीच एक स्वतन्त्र सांसदसहित ४ दलको साझा सरकार बनाउदा संमन्वयन गरेर काम गर्न चुनौतिपूर्ण रहेको छ ।
कोरोनाकालिन समयको कारण स्रोत खुम्चिएको अवस्थामा नेपाली नेट्टर्त्वको सरकारले ३ दिनपछि आगामी आर्थिक वर्षबको बजेट पेस गर्नु पर्ने छ ।
सम्भवत प्रदेश सरकारहरू मध्ये आगामी निर्वाचनअघि कांग्रेसको नेतृत्व गण्डकीमा मात्रै हुनेछ । केही नमुना काम गरेर संघीयताको मर्म देखाउने अबसर पनि उनले पाएका छन् ।
को हुन् नेपाली
७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय पात्र हुन् । नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद बनेका हुन् ।
२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । उनी विभिन्न आन्दोलनमा ५-६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।
२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने थिए ।
कृष्णचन्द्र नेपालीका बुवा गोवर्द्धन शर्मा राणा विरोधी अभियान्ता समेत रहेका थिए । उनी कांग्रे केन्द्रीय सदस्य समेत भएका थिए । बुबाको राजनीतिका यात्रा पच्छ्याउदै नेपाली तनहुँबाटै विद्यार्थी राजनीति सुरू गरेका थिए । कृष्णचन्द्र नेपालीले नामको पछाडी नेपाली लेखे पनि उनको वास्तविक थर भने पोखरेल हो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।