पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेका छन् ।
उनले जनमोर्चाबाट पदमुक्त भइसकेका प्रदेशसभा सदस्य कृष्ण थापा र जसपाको प्रदेश कमिटीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन्।
गण्डकीमा जसपाको प्रदेश कमिटीको समर्थन रहेको भनिएपनि दुई जना प्रदेशसभा सदस्यले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरिसकेका छन् । उनीहरु बाबुराम भट्टराई निकट हुन् ।
यसअघि शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय