• नेपाल भर्सेस अष्ट्रेलिया: पहिलो हाफमा अष्ट्रेलियाले लियो २ गोलको अग्रता, रोहित चन्दलाई रेडकार्ड

  • विश्वकप तथा एसियन कप फुटबल संयुक्त छनोटअन्तर्गत शुक्रबार राती नेपाल र अस्ट्रेलियाबीच खेल भइरहेको छ । खेलको पहिलो हाफ सकिँदा नेपालबिरुद्ध अष्ट्रेलियाले २-० को अग्रता बनाएको छ ।

    अस्ट्रेलियाले खेलको ६ मिनेटमै १-० ले अग्रता लिएको थियो ।

    खेलको पहिलो गोल अष्ट्रेलियन कप्तान लेसीले हेडिङमार्फत् गरेका थिए भने खेलको ३७ मिनेटमा कराकिकले गोल गर्दै खेललाई २-० बनाए ।

    खेलमा नेपाली डिफेन्डर रोहित चन्दले रेडकार्ड पाएका छन् । डिफेन्समा राम्रो र अनुभवी खेलाडी मानिने रोहितले पहिलो हाफको थप समयमा रेड कार्ड पाएका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय