• मुकुल राय भाजपा छाडेर त्रिणमूल कांग्रेसमा फर्किए

  • एजेन्सी। पश्चिम बंगालमा भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पार्टी उपाध्यक्ष मुकुल राय आफ्नो पुरानो पार्टी अर्थात तृणमूल कांग्रेसमा फर्किएका छन्।

    उनीसँगै उनका छोरा तथा विधायक शुभ्रांशु राय पनि तृणमूल कांग्रेसमा फर्किएका छन्। सांसद पार्थ चटर्जीले कोलकातास्थित पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा यो जानकारी गराएका हुन् ।

    मुकुल राय पार्टीमा फर्किने सो कार्यक्रममा तृणमूल कांग्रेसकी प्रमुख तथा मुख्यमन्त्री ममता बनर्जी, उनका भतिजा तथा पार्टी महासचिव अभिषेक बनर्जीसहित पार्टीका वरिष्ठ नेताहरु सहभागी थिए।

    मुख्यमन्त्री बनर्जीले मुकुल राय पार्टीमा फर्किनुलाई ‘घरको छोरा घरमै फकिएको’ टिप्पणी गरेका छन्।

    मुख्यमन्त्री बनर्जीले चुनावी अभियानका क्रममा मुकुल रायले कहिल्यै पनि आफ्नाविरुद्ध कुरा नगरेको र गद्दारी नगरेको बताइन्। उनले आफू र मुकुलबीच कुनै मतभेद समेत नरहेको बताइन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय