गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठन प्रकिया अघिब ढाइएको हो ।
शुक्रबा प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार २४ घन्टा समय दिएर संविधानको १६८ (५) अनुसार सरकार गठनको आह्वान गरेकी छन् ।
नयाँ सरकार गठनको लागि विपक्षी गठबन्धनबाट कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले दाबी गर्ने भएका छन् । उनको पक्षमा अहिले ३० भोट देखिएको स्वतन्त्र सांसद राजिव गुरूङले पनि सहयोग गर्ने श्रोतको दाबी छ । यसो हुँदा भने नेपालीको पक्षमा बहुमत पुग्ने छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय