काठमाडौं । कर्णाली प्रदेशसभामा चार जना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
योसँगै एमालेको माधवकुमार नेपाल समूहका चार जना सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीको सांसद पद जोगिएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उनीहरुलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा उनीहरुले फ्लोर क्रस गरेर शाही नेतृत्वको सरकार जोगाएका थिए । त्यसलगत्तै पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले उनीहरुलाई निष्कासन गर्दै प्रदेशसभा सदस्यबाट समेत हटाएको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।