गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले विश्वासको मत लिन सेका छैनन् । प्रदेश संसदमा विश्वासको मत छ भनेर देखाउन चाहेका उनी विश्वासको मतमा असफल भएका हुन् ।
बिहीबार गरिएको मत प्रकियामा सभामुखसहित ५८ जना सांसद उपस्थिति रहेको थियो ।
उनको पक्षमा २७ मत परेको छ भने विश्वासको मतको विपक्षीमा ३० मत परेको छ । पार्टीको ह्वीक उंलघन गर्दै जनमोर्चका सांसद कृष्ण थापा तटस्थ बसेका छन् भने स्वतन्त्र सांसद राजिव गुरूङले पनि पक्ष विपक्षमा मतदान गरेका छैनन् ।
अब गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रकिया अघि बढाउनु पर्नेछ । विपक्षी गठबन्धनले कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउउने प्रस्ताव यसअघिनै गरेको छ ।
यद्यपि विश्वासको मत नपाएको कारण मुख्यमन्त्री गुरूङले प्रदेशसभा विघटन गर्न सक्ने अनुमान गरिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।