• गोरखाका कांग्रेस नेता प्रेम खत्रीले गरे ६ वटा एम्बुलेन्स सहयोग

  • पर्यटन व्यवसायी तथा नेपाली कांग्रेसका नेता प्रेमकुमार खत्रीले ६ वटा एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले गोरखाका ५ वटा स्थानीय तहलाई गोरखा नगरपालिकाको कार्यालयमा नै एक कार्यक्रम गरेर उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

    कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले एम्बुलेन्सको साँचो र स्वास्थ्य सामग्री स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई हस्तान्तरण गरेका थिए ।

    गोरखा नै घर भएका खत्रीले सम्भव नेपालमार्फत् गोरखा नगरपालिकाका लागि २ वटा एम्बुलेन्स, शहिद लखन गाउँपालिकाका लागि १, भीमसेन थापा गाउँपालिकालाई १, गण्डकी गाउँपालिकालाई १, धार्चे गाउँपालिकालाई १ एम्बुलेन्स र स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

    यस्तै उनले ६ थान अक्सिजन सिलिन्डर, ६ सय थान एन्टिजेन्ट किट, एक हजार दुई सय थान भिटिएम, ८ सय लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, एक सय थान अक्सिमिटर, पिपिईसेटलगायत सामग्री हस्तान्तरण गरेका छन् ।

    सामाजिक सेवमा लागिरहेका खत्रीले यसअघि पनि धेरै सहयोग गर्दै आएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय